महेश खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ लोकार्पण

  २०७९ चैत १७ गते ११:५६     विकासन्युज

काठमाडौं । साहित्यकार महेशराज खरेलको पहिलो उपन्यास ‘यात्रा जिन्दगीको’ एक समारोहकाबीच प्रतिनिधिसभाका सभामुख देवराज अधिकारीलगायतले सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गर्दै सभामुख घिमिरेले खरेलको उपन्यासमा पूर्वी पहाडी जीवन छर्लङ्ग देखिएको बताए ।

उनले भने, ‘यस उपन्यासमा हामी हुर्किएको समाज, हामीले भोगेको पूर्वी पहाडको जीवन र त्यहाँको परिवेशको यथार्थ चित्रण गरेका छन् ।’

उपन्यास सार्वजनिक उप्रान्त भएको परिचर्चामा पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. फणिन्द्रराज निरौलाले खरेलको उपन्यास प्रगतिधारामा उभिएको बताए । उनले यस कृतिमा खरेलका जीवन भोगाइ प्रस्तुत भएकोले यसलाई उपन्यास भन्ने कि नभन्ने विषयमा शंका रहेको उल्लेख गरे ।

अर्का समीक्षक डा. रजनी ढकालले उपन्यासको केन्द्रमा उपन्यासकार खरेलकी आमा अयोध्या खरेल रहेको, उनको त्याग, समर्पण र संघर्षका कथाहरू भएको उल्लेख गर्दै कृतिको नाम ‘अयोध्या’ राखेको भए हुने जिकिर गरिन् ।

नेपाली साहित्यिकवृत्तमा पहिले पनि अनुभवोन्यासहरू आइसकेकाले यसलाई उपन्यास भन्न सकिने उनको तर्क थियो ।शुभकामना मन्तव्य दिँदै प्रा.डा. गोविन्दराज भट्टराईले खरेलको कृतिमा जीवन दर्शन रहेको उल्लेख गरे । त्यस्तै प्रा.डा. यादवप्रकाश लामिछानेले पूर्वी पहाडबाट बसाइ सर्न बाध्य पारिएका परिवारहरूको कथा यसमा रहेको बताए ।

शब्द संयोजन साहित्यिक मासिक पत्रिकाको आयोजनामा सम्पन्न कार्यक्रममा उपन्यासकार खरेलकी ९१ वर्षीया आमा अध्योध्या खरेल, उपन्यासकार खरेल, कवि वासुदेव अधिकारी, सुमी लोहनीलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.