बिहीबार पनि सुस्त देखियो सेयर कारोबार, दुई कम्पनीमा सर्किट

  २०७९ चैत १६ गते १५:१०     विकासन्युज

काठमाडौं । बिहीबार पनि सेयर बजारमा कारोबार सुस्त देखिएको छ । नेपाल स्टक एक्चेन्जको अनुसार बिहीबार २७ लाख २८ हजार कित्ता ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा बुधबार दुई महिना यताकै न्युन कारोबार भएको थियो । बुधबार सेयर बजारमा २५ लाख कित्ता सेयर किनबेच हुँदा मात्र ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको थियो ।

यस्तै, आज नेप्से १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ जसक्रममा दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर माई हाइड्रोपावर र आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । सुपरमाईको सेयर मूल्यमा सकारात्मक र आदर्श लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टका सेयरधनीले ५ करोड रुपैयाँको गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.