नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस डिम्याट खातामा

  २०७९ चैत १६ गते ८:३२     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीहरूको हितग्राही खातामा बोनस लाभांश जम्मा गरेको छ । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा १५ प्रतिशत लाभांश जम्मा गरेको जनाएको छ ।

कम्पनीको माघ १५ गते सम्पन्न २७औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.