संसदमा हरि ढकाल : लगानीकर्ताले १४ खर्ब गुमाए, अझै कति गमाएको सुन्न मन छ ?

  २०७९ चैत १२ गते १५:०५     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा सेयर बजारको विषयमा आवाज उठाएका छन् । उनले पछिल्लो समय सेयर बजार नियमित घट्दै गइरहेको बताउँदै यस विषयमा सरकार सजग र सचेत बन्नु पर्ने बताएका हुन् ।

उनले सेयर बजार घटेर नै लगानीकर्ताले अहिलेसम्म १४ खर्ब गुमाइसकेको बताउँदै यस विषयमा सरकार गम्भीर बन्न आग्रह गरेका हुन् ।आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रममा उनले सरकारमाथि सेयर बजारको विषयमा प्रश्न गरेका हुन् ।

‘पछिल्लो सयम शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु धरासायीमा छन्, १४ खर्ब गुमाइसके, अब कति पैसा गुमाएपछि सरकारले सुन्छ, यस विषयमा सचेत हुन आवश्यक छ,’ उनले संसदमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.