नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता १ हजार ११५ रुपैयाँ

  २०७९ चैत १२ गते ६:४७     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार २५५ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लघुवित्तले संस्थापक सेयरधनी नरेश नेपालको नाममा रहेको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगा लक्ष्मि अवालको १ हजार ५ सय कित्ता गरी कूल २१ हजार २५५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

लघुवित्तले बिक्री गर्न लागेको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १ हजार ११५ रुपैयाँ तोकिएको छ । लघुवित्तले यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनभित्र खरिद गर्न आह्वान गरेको थियो । संस्थापक सेयरधनीहरुले आवेदन नदिएको हुँदा खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताहरुलाइ १५ दिन भित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.