नेपाली बजारमा टिभीएसका इभी स्कुटर आउँदै, कति पर्ला मूल्य ?

  २०७९ चैत १० गते १७:५४     विकासन्युज

काठमाडौं । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा इभीका स्कुटर ल्याउने भएको छ । नेपाली सडकमा सुहाउँदो इभी स्कुटर ल्याउने तयारी कम्पनीले गरेको हो ।

टिभिएस मोटर कम्पनीद्वारा निर्मित टिभीएस आईक्यूब, टिभीएस आईक्यूब एस र टिभीएस आईक्यूब एसटी गरी तीन वटा मोडलका स्कुटरहरु ल्याउन लागेको हो । पहिलो चरणमा भने जगदम्बा मोटर्सले एउटा मोडलको स्कुटर ल्याउने योजना बनाएको छ ।

भारतीय बजारमा सो मोडलका इभी स्कुटर टिभिएस मोटर कम्पनीले लञ्च गरिसकेको छ । भारतीय बजारमा उक्त स्कुटर लञ्च भएपछि सो स्कुटरको प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ ।

टीभीएसका स्वरुम इचार्ज किम्सन महर्जनका अनुसार टिभीएस आईक्यूब एस र टिभीएस आईक्यूब एसटी मध्ये एक सार्वजनिक गर्ने कम्पनीको योजना छ ।

जगदम्बा मोटर्सले टिभीएसका आईक्यूब स्कुटर ल्याइ टेस्ट राइड पनि गरेको थियो । कम्पनीले नेपालमा वैशाखको पहिलो सातामा लञ्च गर्न सक्ने पनि महर्जनले बताए । उनका अनुसार यकिन मिति भने तय भइसकेको छैन । । नेपालमा टिभीएसको इभी स्कुटर भित्रिएर लन्च भए अनुमानित ४ लाख रुपैयाँसम्म मूल्य पर्ने बताइएको छ ।

यस्तो छ विशेषता

टिभीएस आईक्यूब

टिभिएस मोटर कम्पनीका अनुसार टिभीएस आईक्यूब रातो, खैरो र सेतो गरी तीन वटा रङमा उपलब्ध छ । ३.०४ किलोवाटको विद्युतीय मोटर जडान भएको यस स्कुटरमा लिथियम आयन ब्याट्री छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गरेपछि १०० किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ । ७८ किलोमिटर प्रति घण्टा टप स्पिडमा कुदाउन सकिने यो स्कुटरको ११७.२ केजी वजन छ ।

टिभीएस आईक्यूब इभी स्कुटरको ग्राउन्ड क्लियरेन्स १५७, सिट उचाइ ७७० र व्हीलबेस १३०१ मिलिमिटर रहेको छ । यस्तै, पिक पावर ४.४ किलोवाट, रेटेड पावर ३ किलोवाट, पिक टर्क १४० एनएम र रेटेड टर्क ३३ एनएम छ ।

टिभीएस आईक्यूब एस

टिभीएस आईक्यूब एस १०० किलोमिटर रेन्ज भएको इभी स्कुटर हो । यस स्कुटरको अधिकतम गति ७८ किलोमिटर प्रतिघण्टा रहेको छ भने ४ घण्टा ३० मिनेटमा यसको ब्याट्रीको फूल चार्ज हुन्छ । १५७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यस इभी स्कुटरमा सिट उचाइ ७७० र व्हीलबेस १३०१ मिलिमिटर रहेको छ ।

कम्पनीका अनुसार टिभीएस आईक्यूब एस भेरियन्टको इभी स्कुटर ४ वटा कलरमा भारतीय बजारमा उपलब्ध छ । पिक पावर ४.४ र रेटेड पावर ३ किलोवाट छ । पिक टर्क १४० र रेटेड टर्क ३३ एनएम यस स्कुटरमा छ । लिथियम आयन ब्याट्री जडान भएको यस स्कुटर विशेषता टिभीएस आईक्यूब र टिभीएस आईक्यूब एस उस्तै छ ।

टिभीएस आईक्यूब एसटी

टिभीएस आईक्यूब एसटी १४५ किलोमिटर रेन्ज दिने इभी स्कुटर हो । ८२ किलोमिटर प्रतिघण्टा रहेको यस इभी स्कुटर ४ वटा कलरमा उपलब्ध छन् ।

कम्पनीका अनुसार यस इभी स्कुटरमा पनि लिथियम आयन ब्याट्री जडान भएको छ । यस्तै, १५७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, सिट उचाइ ७७० र व्हीलबेस १३० मिलिमिटर छ । टिभीएस आईक्यूब एसटी इभी स्कुटरको वजन १२८ केजी छ भने ग्राउन्ड क्लियरेन्स १५७ मिलिमिटर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.