आरएमडीसी लघुवित्तको २७ प्रतिशत लाभांशसँगै मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित

  २०७९ चैत १० गते १६:४८     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २७.३६ प्रतिशत लाभांश पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभाबाट लाभांश पारित भएको हो ।

लघुवित्तको संचालक समितिको गत वर्षको नाफाबाछ सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र १.३६४ प्रतिशत नगद लाभांश

यस्तै, उक्त सभाले संचालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आ.व. २०७८/०७९ कोे वार्षिक प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ ।

अध्यक्ष जोशीले आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाको ३१५ वटा साझेदार संस्थासँग कर्जा लगानीमा बाँकी ११ अर्ब ८४ करोड रहेको बताइन् ।

उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जस अनुसार आरएमडीसीको १०० कित्ता सेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.