छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश पारित

  २०७९ चैत १० गते १६:३०     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्तको संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । लघुवित्तको २१ औं साधारण सभाले समितिले प्रस्ताव गरेको २५.२६ प्रतिशत लाभांश पारित गरेको थियो ।

समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिनशत बोनस सेयर ३.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

संस्थाले हाल ६९ जिल्लामा १९५ वटा शाखामार्फत ४ लाख २९ हजार १७३ जनालाई सेवा दिँदै आएको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७८/७९ मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ ६४ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, यस वित्तीय संस्थाको अधिकृत पूँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड पुऱ्याउने निर्णय समेत साधारण सभाले गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.