अब सरकारलाई काम नगर्ने छुट छैन : गगन थापा

  २०७९ चैत ९ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् ।

प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने उनी बताउँछन् ।

‘प्रधानमन्त्रीलाई आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट छैन, मैले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता देखेको थिइन, अब सरकारलाई काम नगर्ने छुट छैन,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.