मेन्छियाम हाईड्रोको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

  २०७९ चैत ९ गते ६:५६     विकासन्युज

काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म १ करोड ८ लाख ५१ हजार ७ सय रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीले बिक्री गरेको सेयरमा रितपूर्वक परेको आवेदनलाई चैत ७ गते बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

सेयर बाँडफाँटको नतिजा क्यापिटलको वेबसाइट र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टबाट हेर्न सकिनेछ । साथै सम्पूर्ण सि–आस्वा सदस्यहरूले बाँडफाँटमा सेयर पर्न सफल आवेदकहरूको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा जम्मा वा रकमान्तरण गर्न र सेयर नपरेका सम्वन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.