नेप्सेमा २ बैंकको बोनस सेयर सूचीकृत

  २०७९ चैत ८ गते ७:४०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गरी कूल ६० लाख १४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस वापतको ५० लाख २८ हजार ७४१.९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस वापतको ९ लाख ८५ हजार २८७.७५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.