सानिमा मिडिल तमोर हाइड्रोको आईपीओ भाग्यमानी ८ जनालाई ११ कित्ता !

  २०७९ चैत ८ गते ६:४१     विकासन्युज

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बुधबार (आज) बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्याल नक्सालमा बिहान १० बजे बाँडफाँट हुने जनाएको छ । बिक्री प्रबन्धकका अनुसार प्रिअलटमेन्टका सबै काम सम्पन्न भइसकेको छ ।

कम्पनीले फागुन २६ गतदेखि फागुन ३० गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

बिक्री गरिएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । बाँकी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर आज बाँडफाँट गरिनेछ ।

कम्पनीको आईपीओमा अन्तिमदिनसम्म १४ लाखभन्दा बढी लगानीकर्ताले १ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको मागभन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताको दरले बाँडफाँट गर्दा ४ लाख २४ हजार ८९३ जना लगानीकर्ताले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी रहेको ८ कित्तालाई १० कित्ताभन्दा बढि आवेदन दिने ८ जनालाई वितरण गरिनेछ । त्यसैले ८ जना लगानीकर्ताले ११ कित्ता सेयर प्राप्त गर्नेछन् । बाँकी आवेदकको हात रित्तो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.