बजार अनुगमनले पायो तीव्रता, पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

  २०७९ चैत ७ गते ९:४५     विकासन्युज

फाइल फोटो

तुलसीपुर । दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् ।

‘हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्यौं, अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन,’ उनले भनिन् ।

मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उनले बताइन् । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ ।

त्यस्तै, अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उनले बताइन् । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यसमा पसल सञ्चालकले ध्यान दिनुपर्ने उनको भनाई छ ।

अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले जानकारी दिइन् । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.