एमबीबीएस अध्ययनको लागि छ हजार ६६९ जनाले निकाले नाम

  २०७९ चैत २ गते १०:२४     विकासन्युज

काठमाडौं । एमबीबीएस प्रवेश परीक्षामा छ हजार ६६९ जना विद्यार्थीले प्रवेशिका परीक्षामा नाम निकालेका छन् । फागनु २४ गते चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा छ हजार ६६९ जना विद्यार्थी उत्तिर्ण भएका हुन् ।

२०० पूर्णांकमा लिइएको परीक्षामा सबैभन्दा उच्च स्कोर ल्याउने विद्यार्थीले १७८.७५ नम्बर प्राप्त गरेका छन् भने ५८.२५ सम्म नम्बर ल्याउने विद्यार्थीलाई पनि उतीर्ण गराइएको छ ।

परीक्षामा २१३ विद्यार्थीले उत्तर पुस्तिकामा रोल्न नम्बर र बबल विगारेको र २३ विद्यार्थीले प्रश्न सेट र उत्तर पुस्तिका दुवैमा बबल सेट बिगारेको आयोगले जनाएको छ । प्रकाशित नतिजामा आफ्नो असहमति रहेमा विद्यार्थीले चैत्र ८ गतेदेखि १० गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने पनि आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.