नेप्सेमा ३ लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन, कुनको कति ?

  २०७९ चैत १ गते ८:३१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न ३ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।

यी तीन लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बुधबार कारोबार हुनेछ ।

मनकामना स्मार्ट लघुवित्तको ४.७५ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ७२५.५४ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ७६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै, समता घरेलु लघुवित्तको १५ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६३९.५७ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ७३५.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै, आरएमडीसी लघुवित्तको २६ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ७३८.२५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ९३०.२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.