नर्भिक आइभिएफले नि:शुल्क ओपिडी गर्दै, ल्याब र भिडियो एक्सरेमा समेत छुट

  २०७९ फागुन ३० गते १२:४५     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिबार(चैत ४ गते) नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो ।

नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने अस्पतालले जनाएकाे छ ।

बिहान १० देखि २ बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने नि:शुल्क ओपिडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने उनले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.