सम्पर्कमा नआएपछि वीर अस्पतालले पाँच जना स्टाफ जर्सलाई जागिरबाट हटायो

  २०७९ फागुन ३० गते १०:५३     विकासन्युज

काठमाडौं । सम्पर्कमा नआएपछि वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई जागिरबाट हटाएको छ । पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुनलाई जागिरबाट हटाएको अस्पतालले सूचनामार्फत जनाएको छ ।

अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि अस्पतालले उनीहरुलाई सेवाबाट हटाएको सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.