गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ : अध्यक्ष नेपाल

  २०७९ फागुन २५ गते २१:१२     विकासन्युज

काठमाडौं । नेकपा (कीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनको सरकार बनिसकेपछि स्वाभाविकरूपमा राष्ट्र र जनताप्रति गम्भीर जिम्मेवारी हुने उल्लेख गरे ।

“भागबन्डामा अलमलिने भन्दा पनि देश र जनताको निम्ति के गर्ने भन्ने कुरा चिन्ताको विषय हुन्छ”, उनले भने, “कुनै पनि समस्याको वैज्ञानिक समाधान खोज्नुपर्छ, सहकार्यको निम्ति पनि औचित्यपूर्ण ढङ्गबाट पुष्टि गर्ने किसिमबाट अगाडि बढ्नुपर्छ, त्यसो भयो भने सबै समस्याको समाधान हुन्छ ।”

नेता नेपालले राष्ट्रपतिको मतपरिणामलाई अत्यन्तै सकारात्मक र उत्साहवर्द्धक रूपमा लिएको बताए ।

राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले राष्ट्रलाई सर्वोपरी हितमा राखेर काम गर्नुपर्ने उनले उल्लेख गरे । राष्ट्रपतिले संविधानले दिएको दायराभित्र बसेर आफ्नो जिम्मेवारी पूरा गर्दै आजसम्मको सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरू संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशितालगायतका उपलब्धिको रक्षा गर्ने काममा जुट्नुपर्ने उनको भनाई थियो ।

यस्तै, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिबाट संविधानको रक्षा गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याएर मुलुकमा स्थायी शान्ति कायम गर्दै त्यसको आधारमा मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे ।

उपसभापति खड्काले लामो राजनीतिक जीवन बिताएका पौडेल राष्ट्रपतिमा चुनिएको भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.