एभरेष्ट बैंकले स्थापना गर्यो २५ लाखको छात्रवृत्ति अक्षय कोष

  २०७९ फागुन २१ गते १८:०५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले २५ लाखको नेपाल प्रहरीले ‘एभरेष्ट बैंक अक्षय कोष’ को स्थापना गर्नेभएको छ ।

बैंकले नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरेको हो ।

यसको लागि बैंकले नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन् ।

बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एटिएम बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.