नेपाल बैंकले ३ करोड २२ लाख रुपैयाँमा जग्गा बेच्दै

  २०७९ फागुन १९ गते ८:५३     विकासन्युज

काठमाडौं । नेपाल बैंकले गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो ।

बैंकले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका २ मा रहेको कित्ता नम्बर १३ को ४८१.८० वर्गमिटर क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । उक्त जग्गाको न्यूनतम मूल्य ३ करोड २२ लाख रुपैयाँ तोकिएको छ ।

उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।

खरिद गर्न इच्छुक व्यक्ति र फर्म/कम्पनी तथा संघ संस्थाहरुले चैत ९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरु चैत १० गते खोलिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.