कोड ब्रिस्क ह्याकाथन २०२३ सम्पन्न

  २०७९ फागुन ११ गते १६:४०     विकासन्युज

काठमाडौं । हेराल्ड डेभकर्पस्यु.आइ भिजुअल समुदाय र विद्यार्थी नेतृत्वको समुदायले सफलतापूर्वक नन्स्टप २४ घन्टा, कोड ब्रिस्क ह्याकाथन २०२३ सम्पन्न गरेको छ । कार्यक्रमको आयोजना ३४४७ मिटर उचाइमा रहेको कुरीे गाउँमा गरेको थियो ।

ह्याकाथनमा १३ वटा कलेजहरूले सहभागीता जनाएका थिए । जसमध्ये तीन उत्कृष्ट टोलीहरू छनौट भएका थिए । जसमा उनीहरूले आफ्नो प्रोटोटाइपहरू कालिञ्चोकमा निर्माण गरेका थिए । ह्याकाथनको मुख्य उद्देश्य शीर्ष तिन टोलीहरूलेसिर्जना गरिएको नँया प्रोटोटाइपहरू द्वारा कालिञ्चोकको पर्यटन र आतिथ्य क्षेत्रको विषयलाई एउटा स्तरमा पुर्याउनु हो ।

हेराल्ड कलेज काठमाडौंका प्रमुख कार्यकारी अध्क्षय प्रकाश श्रेष्ठले आयोजक टिम प्रति धन्यवाद ज्ञापन गर्दै भने, यस परियोजनामा समाबेश भएका सम्पूण टिमको अटल प्रयास र समर्पणले अविश्वसनीय नतिजा ल्याएर प्रशंसाको हकदार बनेको छ । यस नतिजा विद्यार्थीहरुको प्रतिभाको परिणाम हो र म सबैमा गर्व गर्छु ।’

हेराल्ड डेभकर्पस्की प्रमुख सुजाता थापाले पनि आयोजक समिति र तिन शीर्ष टिमको प्रशंसा गर्दै भने, ‘हाम्रो उपस्थित कलेज समुदायमा सबैको प्रयास प्रतिबिम्बित छ र म त्यसमा गर्व गर्छु ।’ त्यसै गरी उनले प्रंशसा गर्दै विद्यार्थीहरुको प्रभावशाली र प्रतिभाशाली विचारहरू प्रति चकित भएको बताए ।

यस प्रतियोगीताको विजयी विरिन्ची कलेज – टिम एभरेष्ट बन्न सफल भएको थियो । विजयी टिमको परियोजना ‘टाइडी टाउन’ रहेको छ, जस्को उद्देश्य सेन्सरहरूको प्रयोगले फोहोर व्यवस्थापन समस्याहरू समाधान गर्ने र फोहोर डिस्पोजलकोव्यावहारिक तरिका प्रदान गर्नु हो । यसका साथै, हेराल्ड कलेज काठमाडौंले विजयी टिम, विरिन्ची कलेज – टिम एभरेष्टलाई जितको साथै अन्य सहभागी टिमलाई सहभागिताको लागि बधाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.