आइफोनदेखि सामसङको मोबाइल डिस्प्ले टच ९९९ रूपैयाँमा नै फेर्न पाईने

  २०७९ फागुन ७ गते ११:५६     विकासन्युज

काठमाडौं । नेपालमा नै पहिलो पटक ९९९ रुपैयाँमा मोबाइल डिस्प्ले टच फेर्न पाईने भएको छ ।

मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा रहेको कम्पनी इजी मोबाइल केयरले यो सुविधा ल्याएको हो ।

यस सुविधा अन्तरगत आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ ओटा भन्दा बढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको एलसीडी टच फेर्न सकिने कम्पनीले बताएको छ ।

इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमा नै पहिलो पटक यस्तो सेवा शुरु गरिएको जानकारी दिए । ‘मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरुलाई बिग्रेको डिस्प्ले टचू सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिईनेछ, यसले ग्राहकहरुको रकम बचत हुनेछ भने अनावश्यक झन्झट र दुख हुनेछैन्,’ संचालक पौडेलले भने ।

लामो समयको अनुभव र अनुसन्धानबाट १०० दिनको ग्यारेन्टीका साथ ९९९ रूपैयाँमा नै डिस्प्लेको टच फेर्न सकिने यो सेवा संचालमा ल्याएका उनले बताए ।

हाल कुनैपनि मर्मत सर्भिस सेन्टरले मर्मत पछिको सेवामा १०० दिनको वारेन्टीसमेत दिन नसकेको अवस्थामा कम्पनीको विश्वसनियता र हालसम्मको ब्राण्ड ख्यातिका कारण ग्यारेन्टी दिईएको पौडेलले बताए ।

‘मोबाइल प्रयोगकर्ताहरुका लागि बिक्रीपछिको मर्मत शुल्क महंगो भईरहेको छ अवस्थामा सस्तो मूल्यमा डिस्प्ले टच परिवर्तन गरिदिएपछि केहि राहत र सहुलियत हुने हामीले अपेक्षा गरेका छौं,’ उनले भने ।

इजी मोबाइल केयरले यसअघि नेपालमा पहिलो पटक शुन्य ब्याजदरमा मोबाइल फोनको किस्ताबन्दी सेवा संचालन गरिसकेको छ । जसमा २५ हजार भन्दा बढि सेवाग्राहीले सेवा लिएका थिए ।

इजी मोबाइल केयरले हाल यो सेवा काठमाडौंमा मात्र उपलब्ध गराउने र छिट्टै देशभर ७७ जिल्लामा रहेका आफ्ना सर्भिस सेन्टरबाट यो सेवा उपलब्ध गराउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.