हिमाली क्षेत्रको सामाजिक पक्षहरु समेटिएको पुस्तक ‘हिमाली सम्पदा’ प्रकाशन

  २०७९ फागुन ६ गते ११:३९     केशर श्रेष्ठ

काठमाडौं । हिमाली क्षेत्रका धार्मिक सांस्कृतिक सामाजिक रितिरिवाज चालचलन आदि पक्षलाई समेटेर तयार पारिएको महत्वपूर्ण पुस्तक सार्वजनिक भएको छ । हिमाली जिल्ला सोलुखुम्बुका युवा लेखकद्वय गिता बहादुर श्रेष्ठ र रुद्र बहादुर बस्नेतद्वारा लिखित ‘हिमाली सम्पदा’ नामक पुस्तक गतहप्ता काठमाडौंमा सार्वजनिक गरिएको हो । पुस्तक बौद्ध धर्मका विद्धान तथा गुरु लोचवा पुण्यप्रसाद पराजुलीले बिमोचन गरेका थिए ।

हिमाली भेग र हिमालको काखमा बसोबास गर्ने मानिसहरूको सम्पदा संस्कृति परम्परा आदिलाई नेपाली भाषामा कमै मात्रामा प्रकाशन भएको पुस्तकहरु मध्ये यो एक हो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत धेरै अग्ला हिमालहरू भएको हाम्रो देश नेपालको लगायत हिमाली क्षेत्रमा प्रचलित परम्परा भेषभूषा र संस्कृति आदिलाई बुझ का लागि नेपाली भाषीहरुलाई यस पुस्तकले अन्य भाषाका पुस्तकहरूको विकल्प दिएको छ । नेपाली भाषामा लिखित यस पुस्तकले हिमाली क्षेत्रका सम्पदा ,संस्कृति तथा परम्परालाई बुझ्न सहज बनाउने कुरा निश्चित छ ।

यस पुस्तकमा हिमाली क्षेत्रमा बौद्ध धर्मको सुरुवात तथा यसको विकासका साथै तिब्बती बौद्ध धर्मभित्र भएको धार्मिक परमपरा न्यीङ्मा शाक्य, काग्यु, गेलुक परमपराका साथै जानाङ र बोन परमपराको पनि स्पस्ट ब्याख्या गरिएको छ । हिमाली क्षेत्रको सम्पदाको रुपमा रहेको गोन्पा, स्तुप, मणि, धार्चो, मणिरिङमे, मणिखोर्लो, तोर्मा आदि बिषयहरुलाई पनि समेटिएको छ । त्यस्तैगरी बौद्ध गोन्पाहरुमा राखिएको बौद्ध धर्मका भोट भाषा अनुदित पुस्तक र यस भित्र लेखीएको बिषयहरु बुद्ध वचन अनुवाद सङ्ग्रह (काङ्ग्युर) शास्त्रअनुवाद सङ्ग्रह (तेन्ग्युर) लगायत निधिसङग्रह (रिन्छेन तेर्जाे) को पनि परिचय दिइएको हुनाले हिमाली क्षेत्रको वाङ्मय बुझ्न पनि यसले सहयोग गर्ने छ ।

हिमाली सम्पदा नामक पुस्तक हिमाली क्षेत्रको सम्पदाहरु गोन्पा, धार्मिक ग्रन्थ, स्तुप, माणि, जातजाति, हिमाली संस्कृति, कला, चाडपर्व, धार्मिक इतिहास आदि विविध बिषयहरुलाई समेटेर लेखिएको एक उत्कृष्ट पुस्तक भएकोले लेखकद्धय गीता बहादुर श्रेष्ठ र रुद्र बस्नेतले बजारमा ल्याएका हुन् । हिमाली क्षेत्रको धार्मिक, सामाजिक र सांस्कृतिक पक्षहरुलाई जनमानसमा पुर्याउने हेतुले पुस्तक वजारमा पुर्याएको र हिमाली सम्पदा प्रेमीहरुका लागी यस पुस्तकले भरपुर जानकारी दिने र अत्यन्तै उपयोगी हुने लेखकद्धयले बताए ।

हिमाली क्षेत्रमा प्रचलित पात्रोअनुसार मनाइने ऋद्धि प्रतिहार्य (छोठुल), बुद्ध जयन्ती (सागादावा), धर्मचक्र प्रवर्तन (छोखोर) र देव अवतरण (लाहाबाब)को महङ्खव दर्शाउनको साथै स्थान विशेषका पर्वहरु यार्तोन, मणिरिम्दु, डुम्जी, तिजी आदिको पनि बयान गरिएको छ । त्यस्तै हमाली क्षेत्रका तीर्थहरुको बयान गर्ने क्रममा गुप्त क्षेत्र (बेयुल) हरुको चर्चा गर्नुको साथै डोल्पा, मस्ताङ र साुेलुखुम्बुका विशेषताहरु, त्यहाँका प्रसिद्ध गोन्पा तथा लामा गुरmहरुको संक्षिप्त जीवनी पनि दिइएको छ ।

बौद्ध धर्मका विद्धान तथा गुरु लोचवा पुण्य प्रसाद पराजुलीले बिमोचन गरेको यस पुस्तकमा उनले भुमिकामा यस पुस्तकको महत्वलाई प्रस्ट्याएका छन् । यसैगरी यस पुस्तकमा नेपाल सरकारको आधिकारिक संस्था बौद्ध दर्शन प्रवर्दन तथा गुम्वा विकाश समितिको तर्फबाट यस संस्थाका अèयक्ष श्री फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)ले शुभकामना मन्तव्य लेख्दैे हिमाली क्षेत्रमा निहित बौद्ध धर्म, समाज, संस्कृतिको अत्यन्त नजीक रहेर लेखिएको प्रस्तुत पुस्तकले बौद्ध धर्म, दर्शनको संरक्षण, बिकास र प्रबद्धनमा टेवा पुर्याउदै धार्मिक पर्यटकमा अभिबृद्धि गरी मुलुकको अर्थतन्त्रमा सघाउ पुर्याउन सहयोग पुगोस भनि शुभेच्छा ब्यक्त गरेका छन् । यस पुस्तकलाई बिद्धान डा. रमेश ढुङ्गेल, भिक्षु आङफुरी शेर्पा, खेन्पो ङवाङ वसेर लामा ज्यूले पनि यस पुस्तक पढी आवश्यक सुझाव सल्लाह दिएको लेखकद्धयले बताए ।

यस्तो महत्वपूर्ण तर नेपाली जनमानसमा कमै जानकारी भएको रोचक विषयवस्तुहरु समेटिएको सम्पूर्ण नेपालीभाषी समुदायका लागी ज्ञानको भण्डारको रुपमा रहेको यो पुस्तकले पक्कै पनि पाठकहरुको मन जित्न सफल हुनेछ भन्ने लेखकको विश्वास रहेको छ । रु २७५ मूल्य रहेको पुस्तक हाल बौद्धको मुगुम किताव पसल बौद्ध, धर्म पुस्तक पसल बौद्ध, लामा पुस्तक पसल बौद्ध, टिबेट बुक हाउस ठमेल, रत्न पुस्तक भण्डारमा उपलब्ध रहेको छ । पुस्तक अध्ययन गरी आवस्यक सुझाव इमेलमा लेखि पठाउन लेखकद्वयको आग्रह रहेको छ ।

पुस्तकका लेखक गीता बहादुर श्रेष्ठ २०४० साल भाद्र ७ गते सोलुदुधकुण्ड नपा वाडनं ७, नाजिङ,सोलुखुम्वुमा जन्मिएर बिगत २० बर्षदेखि हिमाली क्षेत्रलाई आफ्नो कर्म थलो बनाई हिमाली कला, संस्कृति तथा रितिरिवाजसंग चिरपरिचित छन् । नेपालको पर्यटन क्षेत्रमा काम गर्ने क्रममा नेपालको अधिकाशं हिमाली क्षेत्रहरुका साथै तिब्बतमा पनि पुगेर हिमाली क्षेत्रको बिभिन्न पक्षहरुलाई नजिकवाट नियालेका छन् ।

हिमाली क्षेत्रको अध्ययनमा बिशेष रुचि राख्ने लेखक श्रेष्ठले हिमाली क्षेत्रको अध्ययनको क्रममा लुम्वीनी बौद्ध बिश्वबिधालयबाट बुदिजम एण्ड हिमालयन स्टडिजमा स्नातकोक्तर गरेका छन् । उनले तिब्बती भाषाको अध्ययन गर्नुका साथै बौद्ध स्तुपाको बारेमा सोधभर्ना लेखेका थिए । यसका साथै यहाँले हिमाली क्षेत्रको कला, संस्कृति रितिरिवाज आदि बिषयमा कलम चलाउँदै आएका छन् ।

अर्का लेखक रुद्र बहादुर बस्नेतको टाप्टिङ १० दुधकुण्ड नगरपालिका सोलुखुम्बु, हाल बुढानिलकण्ठ नगरपालिका, कपन वार्ड नं १२, काठमाण्डौं जन्मस्थान हो । बिगत ३० बर्ष देखि पर्यटन ब्यवसायमा संलग्न लेखक रुद्र बस्नेत नेपालको अधिकांश प्रमुख पर्यटकीय क्षेत्रहरुमा पथ प्रदशकको रुपमा पर्यटन क्षेत्रमा संलग्न रहेका छन् । यस क्रममा उनी तिब्बतका साथै भारतको लद्दाख, काश्मिर, झस्कार, लाहुल, स्पिति आदि ठाउहरुमा समेत पुगेका छन् । यी क्षेत्रहरुको भ्रमणले लेखकलाई हिमाली संस्कृति, परम्परा, रितिरिवाज तथा धर्मको बारेमा गहिरो अध्ययन गर्ने अवसर मिल्यो । सोही क्रममा लेखक बस्नेतले लुम्बिनी बौद्ध बिश्वबिधालयबाट बौद्ध धर्म तथा हिमाली अध्यनमा स्नाकोत्तर गरेका छन् । गुरुहरुको प्रेरणाले बौद्ध धर्ममा प्रवेश गरेका लेखक हाल वज्रयान बौद्ध परमपराको गुरुहरुको सामिप्यमा रहि बौद्ध धर्म अभ्यासरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.