तपाईंको धारामा पानी आएन ? अब ११७१ मा फोन गर्नुस्

  २०७९ फागुन ४ गते १४:४६     विकासन्युज

काठमाडौं । घर घरमा जोडिएका खानेपानीको धारामा पानी नआए तथा खानेपानीको विषयमा केही समस्या भए सिधै खानेपानी मन्त्रालयमा गुनासो गर्न सकिने भएको छ ।

खानेपानी मनत्रालयले खानेपानीको गुनासो सुनुवाइ इकाईको स्थापना गर्दै टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । अब काठमाडौं उपत्यका लगायत अन्य जिल्लामा पानीको समस्या भए मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा सिधै गुनासो गर्न सकिन्छ ।

बिहीबार खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनुवाइ इकाईको उद्घाटन गर्दै टोल फ्रि नम्बर सार्वजनिक गरेका हुन । उनले बिहीबार जनकपुरबाट आएको गुनासोको सम्बोधन गर्दै गुनासो सुनुवाई इकाईको उद्घाटन गरेका हुन ।

देशभर भएका खानेपानीको समस्या सम्बोधन गर्न मन्त्रालयले छुट्टै युनिट स्थापना गरेर गुनासोको सुनुवाई गर्न लागिएको उनले बताए ।

‘खानेपानीमा धेरै समस्या छ, समस्या देखिएपछि गुनासो गर्ने निकाय नै छैन, गाउँ गाउँमा रहनुभएका आम मानिसको समस्याको समाधान गर्न हामीले गुनासो सुनुवाई गर्न छुट्टै निकाय स्थापना गरेका छौँ, हामीले सार्वजनिक गरेको टोल फ्रि नम्बरमा आएका गुनासो तत्काल समाधान गछौँ’, उनले भने ।

मन्त्रालयले गुनासो सुनुवाइको लागि चार जना कर्मचारीको व्यवस्था गरिएको मन्त्रालयका सचिव मणिराम गेलालले बताए ।

कार्यालय समयमा लाइभ (फोन मार्फत गुनासो सुनुवाई) हुनेछ भने अन्य समयमा गुनासो रेकर्ड हुने व्यवस्था रहेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । उनका अनुसार चार जना कर्मचारीले खाने पानीका लागि आएको गुनासो सुनुवाई गर्नेछन् ।

अधिकृतको नेतृत्वमा रहेको उक्त टोलीले उपभोक्ताको गुनासो सुन्दै तत्काल सम्बन्धीत निकायमा खबर गर्नेछ ।

गुनासो मन्त्रालयमा आएको अवस्थामा मन्त्रालयले सम्बन्धित व्यक्ति र कार्यलयलाई जानकारी दिई समस्या समाधान हुनेमा मन्त्रालयले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.