एनटीसीको सिममा बज्ने सूचनाको विषयमा संसदमा चर्चा, विकासन्युजले लेखेको थियो समाचार

  २०७९ फागुन ३ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे । उनले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? भन्दै प्रश्न गर्दै नेपालमा नाटक चलिरहेको टिप्पणी गरे ।

उनले भने- ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग, अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ, त्यो के हो ? यो नाटक, के नाटक, के का लागि नाटक ? त्यसैले हामीले हाम्रो संसदलाई विभिन्न विषयहरुको छलफलको थलो बनाउनुपर्छ ।’

सांसद भण्डारीले संसदलाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रुपमा अघि बढाउनुपर्ने बताए । यसअघि विकासन्युजले एनटीसीले आफ्नो आम्दानी कटौति गरेर विभिन्न संस्थाको सूचना प्रसारण गरेको समाचार लेखेको थियो ।

सो समाचारमा ती संस्थाहरुले काम गरेर एक्सनमा उत्रिनु पर्ने अवस्थामा सूचना प्रवाह गरेर उक्त सूचनामा सरोकार नभएका सेवाग्राहीलाई पनि सुन्न बाध्य बनाएको उल्लेख गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राख्नुभन्दा भष्ट्राचार गर्नेलाई कारवाही गर्नु पर्ने विषय पनि समाचारमा उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.