सुनको भाउँ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

  २०७९ फागुन २ गते ११:२३     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.