सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता आजबाट शुरु

  २०७९ माघ २५ गते १६:५०     विकासन्युज

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरमा सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता समुद्घाटन भएको छ । काठमाडौँ उपत्यकाका १७ विद्यालयहरु र काभ्रे जिल्लाबाट नेपाल पुलिस स्कुल, साँगा एक गरी जम्मा १८ वटा विद्यालयहरुले यस प्रतियोगितामा भाग लिएका छन्। लीग कम नकआउट आधारमा सञ्चालन गरिने उक्त प्रतियोगिता विद्यालयका प्रधानाचार्य युवराज पराजुली र विद्यालय समादेशक स.प्र.ना.उ. लक्ष्मी थपलियाबाट संयुक्त रुपमा उद्घाटन गरी खेलको शुभारम्भ गरिएको थियो । उक्त समारोहमा उपस्थित सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापकले सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

आज भएको उद्घाटन खेलमा आयोजक नेपाल एपिएफ स्कुलले हारति शिक्षा मन्दिर विद्यालयलाई ७-० गोल अन्तरले पराजित गरेको छ। जसमा नेपाल एपीएफ स्कुलका अविन वस्यालले – १, रोहित गोले – १, तेन्जिङ्ग शेर्पा – २, डम्बर वि.क. – १, विवेक पश्चिमा थारुले – १ गोल गरेका थिए भने – १ आत्मघाति गोल समेत भएको थियो।

आजै सम्पन्न भएको दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले नाईटिङ्गल ईन्टरनेशनल स्कुललाई १२ – ० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । जसमा सैनिक आवासीय महाविद्यालयको तर्फबाट उज्जवल राई – ५, अफ्रेज अलि -३, दिपेश दुर्जन – १, कृष्ण थापा – १, अनुभव पुरी – १ र दक्ष लामाले – १ गोल गरेका थिए ।

त्यसैगरी भोली २६ गते हुने लिग चरणका खेलहरु निम्न अनुसार रहेको आयोजकले जनाएको छ ।
१. ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ध डि.ए.भि. स्कुल
२. ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विरुद्ध ब्लुम नेपाल स्कुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.