पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

  २०७९ माघ २३ गते १७:४८     विकासन्युज

काठमाडौं । पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ६.९३, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । बैंकका अनुसार २०७८ को पुस महिनामा उपत्यकामा ५.२८, तराईमा ६.१५, पहाडमा ५.३४ र हिमालम ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गत पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६, सुर्तीजन्य पदार्थको ११.८१, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १६.४३, स्वास्थ्यको ११ .२, मनोरञ्जन तथा संस्कृतिको ८.७६, विविध वस्तु तथा सेवाको ८.६८ र फर्निसिङ् तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले मूल्य बढेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.