काठमाडौंमा जडान हुँदैछन् १० करोडका सीसीटीभी 

  २०७९ माघ २३ गते १४:०८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिले महानगर क्षेत्रभित्र सीसीटिभी क्यामरा जडान गर्ने योजना बनाएको छ । महानगर र काठमाडौं उपत्यका प्रहरी कार्यालयको सहकार्यमा महानगरभित्र सीसीटीभी जडान गर्ने योजना बनाएको हो ।

सीसीटीभी क्यामरा जडान गर्न महानगरले अहिले उपत्यका प्रहरी कार्यालयसँग छलफल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं। १७ का अध्यक्ष नवीन मानन्धरले बताए । महानगरभित्रका केही वडाले आफै पनि वडाभित्र सीसीटिभी जडान गर्ने कार्यक्रम पनि राखेका छन् ।

‘हामीले सीसीटीभी जडान गर्ने विषयमा उपत्यका प्रहरी कार्यालयसँग छलफल गरिरहेका छौं, उपत्यकाभित्रको सीसीटीभीको निगरानी प्रहरी कार्यालयले गर्दै आएको हुनाले यसको जिम्मा उहाँहरूलाई दिँदा  राम्रो हुन्छ भनेर सहकार्य गर्न खोजेका हौं,’ उनले भने ।

महानगरपालिकाले यसअघि पनि नेपाल प्रहरीको सहकार्यमा विभिन्न ठाउँमा सीसीटीभी जडान गरेको थियो । महानगरपालिका र नेपाल प्रहरीको सहकार्यमा १६५ वटा सीसीटीभी ३ वर्ष अगाडि जडान गरेको थियो । अहिले १५८ वटा ठाउँमा मात्र सञ्चालनमा छन् ७ वटा ठाउँको सीसीटीभी बिग्रिएको उनले जानकारी दिए ।

महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९र८० सीसीटीभी जडान गर्नको लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेटमध्ये महानगरले ४ करोडको सीसीटीभी विभिन्न कार्यालयभित्र र ६ करोड रुपैयाँका बराबरको सीसीटीभी सार्वजनिक ठाउँमा जडान गर्ने महानगरको योजना छ ।

महानगरपालिकाले फाइबर वायरबाट सञ्चालन हुने सीसीटीभी जडान गर्न लागेको हो । ‘हामीले अहिले छलफल मात्र गरेका छौं, कति संख्यामा सीसीटीभी जडान गर्ने भन्ने विषयको टुङ्गो भइसकेको छैन, उहाँहरूले सीसीटीभी खरिद गरेर दिँदा पनि हुन्छ, टेन्डरको आव्हान गर्दा पनि हुन्छ भन्नु भएको छ, चालू आवको बजेटमै गरिएको व्यवस्था हुने भएकाले यसको काम छिट्टै अगाडि बढाउँछौं,’ उनले भने ।

उपत्यका प्रहरी कार्यालयले सहकार्य गरी जडान हुने भनिएका सीसीटीभी सडक तथा सार्वजनिक स्थानमा हुनेछन् । ‘हामी कति मूल्यका सीसीटीभी जडान गर्ने भनेर पनि टुङ्गो लगाएका छैनौं, एउटै सीसीटीभीलाई लाखौं रुपैयाँ पर्छ, सुरक्षाका हिसाबले पनि सीसीटीभी उपयुक्त मानिने भएकाले दिगो हुने खालकै राख्ने योजनामा छौं,’ उनले भने ।

महानगरपालिकाका धेरै वडाहरूले पनि सीसीटीभी जडान गर्नको लागि बजेट छुट्याएका छन् । महानगरपालिका अनुसार वडाले पनि सीसीटीभी जडानको लागि १० करोड रुपैयाँ बजेट छुट्याएका छन् । वडाहरूले उपभोक्ता समितिबाट सीसीटीभीको जडान गर्दै आएको पनि महानगरले बताएको छ । वडाले गल्ली र चोकमा सीसीटीभी जडान गर्दै आएको छन् ।

अहिले वडा नं। १७, १८ र १९ ले पनि सीसीटीभी जोड्ने कार्यलाई तीव्रता दिइरहेको मानन्धरले बताए । वडाले जडान गरेका सीसीटीभीको कन्ट्रोल रुम उपभोक्ता समिति र वडाले नै निगरानी गरिरहेको पनि बताइएको छ ।

उपत्यकाका सीसीटीभीको निगरानी उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट हुँदै आएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी भइहरेको छ ।   नेपाल प्रहरीले वि। सं। २०६३ सालमा ११ वटा एनालग सीसीटिभी क्यामेरा राखेर निगरानी सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.