राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता आज, कांग्रेसको समर्थन माओवादीलाई

  २०७९ माघ २२ गते १०:५२     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज (आइतबार) मनोनयन दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । उम्मेदवारीको विषयमा आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको संसदीय समितिको बैठकले उम्मेद्वारी नदिने घोषणा गरेको हो ।

उक्त बैठकले उम्मेद्वारी नदिने घोषणासँगै नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको जनाईएको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.