एकैदिन तोलामा २ हजारले घट्यो सुनको भाउ

  २०७९ माघ २२ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा एकैदिन ४५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.