४१ अंकले घट्यो सेयर बजार, तीन अर्ब बढीको कारोबार

  २०७९ माघ १६ गते १५:२८     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार ४१.०१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर २१२७.५२ विन्दुमा पुगेको छ ।

सेयर बजार घट्दा आज ८८ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ३० लाखको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार सूर्यज्योती लाइफ इन्स्योरेन्सको १७ करोड रुपैयाँको भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये नौ कम्पनीको मात्रै सेयर मूल्यमा वृद्धि भएको छ ।

त्यस्तै दुई सय चार कम्पनीको सेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल ८८ लाख ३६ हजार चार सय ८८ कित्ता सेयर तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको १७ करोड ६५ लाख ४० हजार बराबरको सेयर कारोबार भयो ।

रिडी पावर कम्पनी १० करोड ४८ लाख ९२ हजार आठ सय सात, पिपुल्स पावर कम्पनी नौ करोड ५६ लाख २९ हजार छ सय ९७, माथिल्लो तामाकोसी नौ करोड ३५ लाख ९२ हजार आठ सय ८८ र अपि पावर कम्पनी सात करोड ७७ लाख ९३ हजार नौ सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर छ दशमलव ५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स पाँच दशमलव १४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् ।

त्यस्तै, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर सात दशमलव १४, श्वेतगङ्गा हाइड्रोपावर छ दशमलव ७१, सगरमाथा इन्स्योरेन्स छ दशमलव ४४, सयपत्री हाइड्रोपावर पाँच दशमलव ८० र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पाँच दशमलव ७४ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार तीन सय ३६ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.