दोहोरो अंकले घट्यो नेप्से, सर्वाधिक कमाउने र कारोबार गर्नेमा दुवै इन्स्योरेन्स

  २०७९ माघ १५ गते १५:२२     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार १४.६८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार घटेर २१६९.५३ विन्दुमा पुगेको छ ।

यसरी बजार घटेपनि आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा दुई इन्स्योरेन्स, दुई हाइड्रोपावर कम्पनी र एक लघुवित्त रहेका छन् । सकारात्मक कम्पनीहरु क्रमश लुम्बिनी जनरल इन्स्योरेन्स, बराही हाइड्रोपावर कम्पनी, इस्टर्न हाइड्रा्पावर, आदर्श लघुवित्त र सूर्यज्योती लाइफ इन्स्योरन्स कम्पनी रहेका छन् ।

यस्तै, आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा आज आइएमई जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले आज ९ करोड ९९ लाख कारोबार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.