सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, एक लाख ६९ सयमा कारोबार

  २०७९ माघ १२ गते ११:०७     विकासन्युज

काठमाडौं ।  सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।  नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । बुधबारको तुलनामा आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.