लुम्बिनी विकास बैंकद्वारा जैशिदेवल युथ क्लब टि–सर्ट सहयोग

  २०७९ माघ ११ गते १८:३६     विकासन्युज

काठमाडाैं । लुम्बिनी विकास बैंकले खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियल तथा क्लबका पदाधिकारीहरुलाई टि–सर्ट वितरण गरेकाे छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जैशिदेवल युथ क्लबले आयोजना गर्न लागेको प्रदेशस्तरिय तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागीहरुलाई टि–सर्ट वितरण गरेकाे हाे ।

क्लबका अध्यक्ष राजेश प्रजापतिलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो टि–सर्ट हस्तान्तरण गरे । बैंकले सो क्लबलाई विगत बर्षहरुमा समेत निरन्तर सहयोग गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.