डिजी पे र द नेपाल टपबीच सहकार्य गर्ने सम्झौता

  २०७९ माघ ११ गते १३:५८     विकासन्युज

काठमाडौं । डिजी पे र द नेपाल टपबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा विज्ञापन र वार्षिक ग्राहक हुन पाउनेछन् । डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बबरमहलस्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको छ।

यस सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकले द नेपाल टपको सौजन्य झन्डै ५० हजार पर्ने ६० सीसी रंगिन विज्ञापनमात्र १५ हजारमा १ हजार ५०० पर्ने वार्षिक ग्राहक मात्र १ हजारमा र वर्गीकृत तथा अन्य विज्ञापनमा ७० प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएकाे छ ।

व्यवसायीले सस्तो तथा सुलभ मूल्यमा आफ्नो विज्ञापन गरी व्यावसायिक तथा सामाजिक लाभ हुने र साथै डिजी पे घरदैलो अभियानमार्फत आफ्नो विज्ञापन झन धेरै जनमानससम्म पुग्न सकिने  कम्पनीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.