सुनको मूल्य आकासियो, एकैदिनमा १ हजारले बढेर नयाँ रेकर्ड

  २०७९ माघ १० गते ११:२७     विकासन्युज

काठमाडौं ।  सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।  नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले  बढेर प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.