१३ अंकले घट्यो सेयर बजार, पाँच वित्तिय कम्पनीको सेयरमा सर्किट

  २०७९ माघ ९ गते १५:१३     विकासन्युज

काठमाडौं । सोमबार १३ अंकले सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार सोमबार सेयर बजार घटेर २१६५.१० विन्दुमा पुगेको छ ।

आज एक करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ कराेड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार सबैभन्दा बढी कारोबार कुमारी बैंककाे २७ करोड रुपैयाँको भएकाे छ ।

आज पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमश आदर्श लघुवित्त वित्तिय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड बैंक र समृद्धि फाइनान्स रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.