नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुँदै, स्टल बुकिङ खुला

  २०७९ पुष २८ गते १९:२०     विकासन्युज

काठमाडौं । काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले चैत २ गतेदेखि ६ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको हो ।

कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तराष्टिय व्यापार मेला गएको दुई वर्ष आयोजना हुन सकेको थिएन । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण हो ।

अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि आजैबाट स्टल बुकिङ खुला समेत गरिएको महासंघले जानकारी दिएको छ ।

महासंघके अनुसार यस वर्षको मेलाको लागि चीनबाट, भारतबाट, पाकिस्तानबाट, बङ्गलादेशबाट र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र एनटिआइएस प्रडक्टस का साथै मेड इन नेपाल बस्तुहरुको प्रर्दशनी गरिने र यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुने महासंघले जनाएको छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकला उत्पादनहरु, एनटिआइएस एण्ड मेड इन नेपाल प्रडक्टस रहने बताइएको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.