क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गतेदेखि हुँदै

  २०७९ पुष २७ गते १८:४०     विकासन्युज

काठमाडाैं । क्यान इन्फोटेकको २८ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । यही माघ २४ गते देखि २९ गतेसम्म  क्यान इन्फोटेक मेला हुन लागेकाे हाे ।

वार्षिकरुपमा आयोजना हुने यस प्रदर्शनी तथा सम्मेलनमा क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधि को क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरु को अधिकतम सहभागिता रहने क्यान महासंघले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने बताइएकाे छ ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने आयाेजकले जनाएकाे छ ।

आयाेजककाे अनुसार क्यान इन्फोटेकमा अवलोकनर्ताले देश–विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन् । साथै, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी पनि प्रदर्शनीमा उपलब्ध हुनेछन् ।

यसैगरी आईओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

क्यान महासंघले क्यान इन्फोटेक २०२३ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र विधुत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाई लगायतका लागि बाेलपत्र समेत आव्हान गरेको छ ।महासंघले शिर्ष प्रायोजन, सह–प्रायोजन, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला समेत गरेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.