नेपाल इलेक्ट्रिक पावर लाइट्स इन्टरनेशनल एक्स्पो हुँदै

  २०७९ पुष २७ गते १६:५६     विकासन्युज

काठमाडाैं । भृकुटीमण्डपमा विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुने भएकाे छ । यही माघ ६ गतेदेखि माघ ८ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अइन्टरनेशनल एक्स्पो’ हुने भएकाे हाे ।

उक्त प्रदर्शनी अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित नेपालको पहिलो प्रदर्शनी भएकाे आयाेजकले जनाएकाे छ । मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स्को संयोजकत्वमा प्रदर्शनी आयोजना हुन लागेको हो ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने आयाेजकले बताएकाे छ ।

नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२२ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको सङ्ख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ ।

नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.