एनआइसी एशिया लघुवित्तमा काम गर्ने अवसर, यी १० पदका लागि माग्यो कर्मचारी

  २०७९ पुष २० गते १३:००     विकासन्युज

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न कर्मचारी माग गरेको छ ।

लघुवित्तले एक सूचना जारी गर्दै नायव कार्यकारी प्रमुख, सहायक प्रमुख कार्यकारी प्रमुख अधिकृत, सहायक प्रबन्धक (व्यवस्थापकिय श्रेणी), कनिष्ठ अधिकृत, वरिष्ठ अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।

त्यस्तै, सहायक प्रबन्धक (प्रदेश प्रमुख) पदमा २ जना, कनिष्ठ अधिकृत र सुपरभाईजर (आन्तरिक लेखापरिक्षण तथा जोखिम व्यवस्थापन) पदमा ९ जना, कनिष्ठ अधिकृत तथा सुपरभाइजर (आन्तरिक लेखापरिक्षण) पदमा ६ जना र कनिष्ठ अधिकृत (कानुन विभाग) पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिण गरेको हुनुपर्ने जनाएको हो ।

यि विभिन्न पदको लागि माघ ४ गतेसम्म आवेदन दिन पाइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.