चीनमा सम्पन्न इसिआई अवार्डसमा आउटरिचले जित्यो दुई विधामा पुरस्कार

  २०७९ पुष १९ गते १८:१८     विकासन्युज

काठमाडौं । चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रडकट एण्ड मोडल इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जितेकाे छ । ग्लोबल इसिआई अवार्डस २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो ।

अवार्ड अन्तर्गतका तीन विधाहरु प्रडक्ट एण्ड मोडल इनोभेसन, मेटाभर्स एप्लिकेसन इनोभेसन, मार्केटिङ्ग इनोभेसन तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्विटरजरल्याण्ड, इटाली, क्यानडा, नेपाल, युएसए, युके, साउदी अरबिया, ब्राजिल, थाइल्याण्ड, ताइपाई सिटी, अष्ट्रिया लगायतका लगायतका देशहरु रहेका छन् ।

समारोहमा इसिआई अवार्डसका प्रेसिडेन्ट लिजुन जियाले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।

इसिआए अवार्डस इन्टरनेशनल इन्टरप्रेनर्स, क्रिएटिभ एण्ड इन्नोभेटर्स एसोसिएसनद्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.