मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

  २०७९ पुष १९ गते १६:३७     विकासन्युज

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले स्थापनाको १६ औं वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको छ । पुस १७ गते १७ वर्षमा प्रवेश गरेको बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

यस अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा समुद्घाटन गरेको थियो ।

यस्तै, बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन गरेको छ भने विभिन्न उच्च माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विभिन्न सामग्री वितरण गरेको छ ।

साथै, बैंकले अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानव आश्रमहरुमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सम्बन्धी सामाग्री हस्तान्तरण गर्नुको साथै विभिन्न स्थानमा स्वच्छ पिउने पानीको व्यवस्थापन गरेको छ । बैंकले अस्पताल निर्माणमा पनि सहकार्य गर्ने भएको छ ।

बैंकका अध्यक्ष भरत राज ढकालले वार्षिकोत्सवको अवसरमा देशको अर्थतन्त्र र विकासमा बैंकले सधै योगदान दिने प्रतिबद्धता जनाएका थिए ।

सोही अवशरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.