सुनको मूल्यले तोड्यो रेकर्ड, एक लाख २६ सयमा कारोबार

  २०७९ पुष १९ गते ११:२५     विकासन्युज

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको चाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भइ प्रति तोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.