सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठिक ठाउँमा आउँछ : अर्थमन्त्री पौडेल

  २०७९ पुष १३ गते १७:२०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन् । उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा एउटा इट्टा थप्दै जानुपर्ने आवश्यता रहेको बताए । उनले मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर नभए पनि समस्या भने रहेको बताए ।

उनले भने, ‘मुलुकको अर्थतन्त्र काबु भन्दा बाहिर गएको भन्ने होइन । तर अर्थतन्त्रमा समस्याहरु छन् । सावधानिपूर्वक हिँड्यौं भने र ठिक ढङ्गले कदम चाल्दै गयौं भने अर्थतन्त्र ठिक ढङ्गमा आउनसक्ने देखिएको छ । अर्थ मन्त्रालय भित्र र बाहिर बसेर हेर्दा फरक पर्ने रहेछ । अहिले सबैको साझा सरोकार अर्थतन्त्रको आर्थिक क्षेत्रमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबल अर्थतन्त्र निर्माणका लागि एउटा एउटा इट्टा थप्दै जाने त्यो क्षणमा हामी छौं । यही दिशामा पत्रकारहरुको पनि रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।’

मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल बनाउनको लागि आर्थिक पत्रकारहरुले रचनात्मक भुमिका खेल्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.