राहदानी विभागमा गृहमन्त्री लामिछानेको अनुगमन

  २०७९ पुष १३ गते १६:४८     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमन गरेका छन् । गृहमन्त्री लामिछानेले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर अनुगमन गरेका हुन् ।

मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । सोही बमोजिम उनी त्यहाँ पुगेका हुन् । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग रहेकाले उनले अनुगमन गरेका हुन् ।

गृह मन्त्रालयले पासपोर्ट, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्रलगायतका काममा सेवाग्राही भोग्नु परेको सास्तीलाई समाधान गर्न कार्ययोजना नै बनाउने भएको हो । सोही बमोजिम बढी भिड हुने र जनताले पाउने सेवामा सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.