एमालेलाई ४ र माओवादीलाई २ प्रदेशको मुख्मन्त्री, मधेसमा जसपा र जनमत आलोपालो

  २०७९ पुष १३ गते १५:२४     विकासन्युज

काठमाडौं । सत्ता गठबन्धनले प्रदेश सरकारको मुख्यमन्त्रीको भागबण्डा गर्ने तयारी थालेका छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व कुन दललाई दिने भनेर छलफल सुरु गरेका हुन् ।

७ वटा प्रदेशमध्ये सबैभन्दा धेरै नेकपा एमाले पार्टीले पाउन् निश्चित भएको छ । एमालेलाई ४ वटा प्रदेशको मुख्यमन्त्री दिने तयारी भएको हो । जसमा केन्द्रिय सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ ।

नेकपा एमालेले प्रदेश नम्बर १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश सरकारको नेतृत्व वा मुख्यमन्त्री पाउने सम्भावना रहेको एक नेताले बताए ।

माआवादी केन्द्रले २ वटा प्रदेश सरकारको नेतृत्वमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व वा मुख्यमन्त्रीमा दाबी गरेको हो ।

मधेस प्रदेशमा भने दुइ वटा दललाई आलोपालो गरी सरकारको नेतृत्व दिने तयारी रहेको छ । जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गरी मुख्यमन्त्री दिने तयारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.