महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद बढी

  २०७९ पुष ८ गते १०:४४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.४७ प्रतिशत नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.