राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा, १ अर्ब पूँजी वृद्धि गर्ने

  २०७९ पुष ७ गते ८:१५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव सहित १७ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।

बैंकको वार्षिक साधारण सभा पुस २८ गते राष्ट्रिय वाणिज्य बैंकको सभाहल दरबारमार्ग काठमांडौमा दिउँसो २ बजे बोलाएको हो ।

बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हालसम्म सर्वसाधारणका लागि सेयर जारी गरेको छैन भने सरकारको पूर्ण स्वामित्व रहेको छ ।

बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९९ रुपैयाँ रहेको छ । नेपाल सरकारबाट बैंकको सेयर पूँजीमा लगानी बापत प्राप्त रकम १ अर्ब बैंकको जारी पूँजी र चुक्ता पूँजीमा थप गर्नेछ । स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धमा साधारण सभामा जानकारी प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.